
काठमाडौ ।लामखुट्टेबाट सर्ने डेंगुको प्रकोप तिव्र भएको छ ।
डेगुँ नेपालका ७४ जिल्लामा फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९इडीसीडी०को पछिल्लो तथ्यांकले जनाएको छ । जस अनुसार सबैभन्दा बढी तनहुँमा यस रोगबाट संक्रमित धेरै छन् ।
गत पुसको मध्यदेखि हालसम्म ३ हजार ७५५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का अनुसार गण्डकीमा १ हजार ४४८, बागमतीमा ९२८ डेंगु संक्रमित फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले जनाएको छ ।
डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि–विकास हुन्छ । डेंगु भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम अनुकुल हुने जानिफकारहरु बताउँछन् । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ ।





