
काठमाडौं । यो वर्ष सन् २०२४ को १९ जुलाईयता हैजा संक्रमितको संख्या निरन्तर बढिरहेको छ । १६ अगष्टसम्म पाँच जिल्लाका ५५ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०को तथ्यांक छ ।
हैजाबाट सबैभन्दा धेरै ४१ जना ललितपूरमा संक्रमित भएका छन् । ललितपुरको गोदावरी र महालक्ष्मी नगरपालिकामा हैजा देखिएको जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।संक्रमित हुनेमा २४ महिला र ३१ पुरुष रहेको पनि इडीसीडीले जनाएको छ ।





