काठमाडौ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा उपर लागेका आरोपमाथि आजबाट थुनछेक बहस सुरु हुँदै छ ।
थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश हुने छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।
प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा झाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको हो ।
अभियोग पत्रमा समावेश झाको बयानमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई थाहै नभएको भनि जिकिर गरेका छन् भने सरकारी वकिलको रोहबरमा प्रहरीसँग उनले इन्कारी बयान दिएका छन् ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई केही थाहा नभएको बताउँदै आएका छन् ।