पेरिस । फ्रान्सको राजधानी पेरिसमा गएको जुलाई २६ देखि सुरु खेलको महाकुम्भ मानिने ओलम्पिक २०२४ आइतबार सकिएको छ । ओलम्पिक समापन समारोह रातको १२ः३० बजे पेरिसको स्टेडियममा आयोजना गरिएको थियो
पेरिस ओलम्पिकमा अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कांस्यसहित कुल १२६ पदक सहित पहिलो स्थान हासिल गर्न सफल भयो । तालिकाको दोस्रो स्थानमा रहेको चीनले ४० स्वर्ण, २७ रजत र २४ कांस्यपदक जित्यो । जापान २० स्वर्ण, १२ रजत र १३ कांस्यपदकसहित तेस्रो स्थानमा रह्यो ।यसपालीको ओलम्पिकमा ११४ देश पदक विहिन बने ।
लस एन्जेलसमा सन् २०२८ को गृष्मकालीन ओलम्पिक आयोजना गरिनेछ ।