
काठमाडौ । (काभा) वुमन्स भलिबल नेसन्स लिगको उपाधि भिडन्तमा नेपाल भारतसँग ३-२ को सेटमा पराजित भएको छ।
त्यसअघिका सेटमा उत्कृष्ट खेल देखाएको नेपाल निर्णायक पाँचौ सेटमा कमजोर खेल देखाउँदा उपविजेतामै सीमित बन्यो।
रतलाई पराजित गर्दै ऐतिहासिक उपाधि जित्ने अवसर नेपालले गुमायो। त्यसो त नेपालले लिग चरणको खेलमा भारतलाई हराउँदै इतिहास बनायो। अन्तर्राष्ट्रिय भलिबल खेल्न थालेको ३७ वर्षको इतिहासमा नेपाली महिला टोलीले भारतमाथि निकालेको सो पहिलो जित थियो।
घरेलु मैदानमा पहिलो अन्तर्राष्ट्रिय उपाधि उचाल्ने अवसरबाट यस पटक वंचित भयो ।



