नेपाली पौडीवाज एलेक्स शाहले पेरिस ओलम्पिक-२०२४ को पुरुष १ सय मिटर फ्रिस्टायलमा मंगलबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।
पेरिस ला डिफेन्स एरिनामा उनले निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन्। एलेक्स शाहले सन् २०२४ मै ५२.१७ सेकेन्डको कीर्तिमान कतारको दोहामा भएको विश्व एक्वेटिक च्याम्पियनसिपमा बनाएका थिए।