
बंगलादेशमा ‘मुक्ति युद्ध’मा लडेका सैनिकका छोराछोरीका लागि ल्याइएको आरक्षणको विरूद्धमा प्रदर्शनमा हालसम्म २५ जनाको मृत्यु भएको छ।
सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर बंगलादेश स्वतन्त्र हुँदा लडेका बंगलादेशी सेनाहरूलाई त्यहाँ ‘मुक्ति योद्धा’ भनिन्छ।तिनकै हितमा राज्यले नीति ल्याउँदा त्यसको विरोधमा विद्यार्थी पद्रर्शन भएको हो ।
बिबिसी हिन्दीका अनुसार आरक्षण विरूद्ध विद्यार्थीहरूले देशव्यापी प्रदर्शन गरिरहँदा सेना र सत्तापक्षका कार्यकर्ताहरू पनि सरकारको निर्णयको पक्षमा आन्दोलमा उत्रिएपछि भएका हिसांत्मक घटनाहरूमा अहिलेसम्म २५ जनाको मृत्यु भएको हो।
बिबिसिले जनाए अनुसाार प्रहरी र प्रदर्शनकारीबीच झडप भएका घटना बढ्दै गएको र यसबाट सयौं घाइते भएका छन्
प्रधानमन्त्री शेख हसिनाले आन्दोलनकारीहरूलाई धैर्य राख्न र अदालतको फैसला कुर्न भनेकी छन्।





