
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा नेपाल आफ्नो पुरानै स्थानमा छ ।
फिफाले बिहीबार अद्यावधिक गरेको वरीयताअनुसार नेपाल १७५औँ स्थानमा यथावत् रहेको हो ।
दक्षिण एसियाली वरीयतामा नेपाल तेस्रो स्थानमा कायम छ । दक्षिण एसियामा भारत पहिलो अर्थात् विश्व वरीयतामा १२४औँ स्थानमा छ । दक्षिण एसियामा दोस्रोमा रहेको माल्दिभ्स तीन स्थान खस्कँदै १६३औँ स्थानमा झरेको छ ।
फिफा विश्व वरीयताको शीर्ष स्थानमा भने अर्जेन्टिना कायमै छ । वरीयताको दोस्रोमा फ्रान्स,तेस्रोमा स्पेन,चौथोमा इंग्ल्यान्ड र पाँचौँ स्थानमा ब्राजिल छन् ।







