काठमाडौं।भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज साउदी अरेबियासँग खेल्दैछ ।
खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो पौने २ बजे सुरु हुनेछ । यसअघि साँझको समयमा खेलेको नेपालले आज भने दिउँसो खेल्नेछ ।
नेपालले पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेलेको छ।
प्रतियोगितामा समूहविजेता एसियन कपमा छनोट हुनेछन् भने दुई उत्कृष्ट उपविजेताले पनि छनोट पाउने प्रावधान छ।
पहिलो खेलमा बराबरी खेलेपछि नेपाली टोली समूहविजेता बन्ने सम्भावनामा धक्का लागेको छ ।



