सदनमा पहिले गृहमन्त्रीलाई बोल्न दिनुपर्ने भन्दै सत्तापक्षले बाँकी विषयमा त्यसपछि छलफल गरिने बताउँदै आएको छ । सत्तापक्ष यो अडानबाट पछि नहटेपछि गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागमा विपक्षी पनि अडिएका छन् ।
सभामुखको सचिवालयका अनुसार प्रमुख सचेतकहरूले आ-आफ्नो अडान कायमै राख्दा सहमति नजुटेको सभामुखको सचिवालयले जनाएको छ।







