
काठमाडौं । सहकारी संस्थाका बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गृहमन्त्री, गृह सचिव र नेपाल प्रहरी आईजीपीसँग छलफल गरेको छ ।
समितिले शुक्रबार गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी र आईजीपी वसन्त कुँवरसँग छलफल गर्दै सहकारी ठगेर विदेशमा फरार २८ जनाको खोजी कार्यको प्रगति विवरण लिखित रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ ।
समितिका संयोजक सूर्य थापाका अनुसार विभिन्न सहकारीबाट अर्बौं रकम अपचलन गरी फरार रहेका जीबी राईको खोजी गर्न प्रहरी अधिकृत मलेसिया पठाएकोमा त्यसको प्रगति के भयो भन्नेबारे गृहमन्त्री र प्रहरी प्रमुखसँग छलफल भएको छ ।




