काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशि संविधान दया मायाले प्राप्त नभएको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित लोकतान्त्रिक आन्दोलनका योद्धा र्तीथराम डंगोलको स्मरणमा लोकतान्त्रिक आन्दोलनः तीर्थराम डंगोल विषयक अन्तरक्रिया कार्यक्रममा उनले आम नेपाली जनताको चाहाना अनुसार वर्तमान व्यवस्था आएको भन्दै यो व्यवस्था कसैले दया माया गरेर नदिएको बताएका हुन् ।

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशि जुन संविधान छ, कसैले दया माया गरेर दिएको होइन । यो १७ सालको अवधिमा जुन अधिकार छिनिसकेपछि ती अधिकार प्राप्तिका लागि आम नेपाली जनताको चाहाना अनुसार यो व्यवस्था आएको कुरालाई यसलाई कसैले मिनिमाइज गर्न खोज्यो भने त्यसको परिणाम जनताले नै दिने छ । यो अधिकार प्राप्तीका लागि कत्तिको संघर्ष गर्यौ कत्तिको त्याग गरेका छौँ भन्ने कुरा नेपाली जनताले दिएको त्यागलाई बिर्सिन नहुने हो ।’यसैगरी उनले राजतन्त्रले मौका आउने वित्तिकै जनतालाई दुःख दिने मात्र भएको भन्दै संघीय लोकतन्त्रनै जनताको लागि हित हुने हुनाले यसैलाई अगाडी बढाउनुपर्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा उपमेयर सुनिता डगोलले श्रध्दाञ्जली ब्यक्त गर्नु हुदै ,वहा एक अथक र असल योद्धा रहेको स्मरण गर्नु भयो। वहाको निष्ठा र ईमान्दारिता बारेमा हरिहर बिरही , प्राध्यापक खगेन भटराई बोल्नु भएको थियो।

शान्ति वाटिकामा सन्चालण अन्तरक्रिया कार्यक्रममा सभापतित्व भिमसेन दास प्रधानले गर्नु भएको थियो।