
विराटनगर।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको कार्यकक्षमा मोबाइल लिएर जान रोक लगाइएको छ ।
फोटो खिच्नेले हैरान दिएको भन्दै कार्कीको सचिवालयले कार्यकक्षमा मोबाइल लिएर जान रोक लगाएको हो ।
मोबाइल राख्नका लागि प्लाष्टिकको बकेट राखिएको छ र माथि लेखिएको छ, ‘मोबाइल फोन यता’ ।
मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार बिक्रम लुइँटेलका अनुसार डेढ महिनायता मोबाइल लैजान रोक लगाइएको हो । सुरक्षा सतर्कताका लागि मोबाइल लैजान रोक लगा्इएको हो ।





