काठमाडौं । टोखा बुद्धविहारको आयोजनामा विभिन्न कार्यक्रमसहित ऐतिहासिक सहर टोखामा २५६९ औ बुद्ध जयन्ती भव्य रुपमा मनाइको छ ।
मानवमात्रका लागि सुख र शान्तिको जीवन बिताउन र भगवान बुद्धले दिनुभएको अनुपम शिक्षाका लागि उहाँप्रति कृतज्ञता चढाउन उहाँका शिक्षाबाट हामी आफूलाई पुनर्ताजगी गर्ने तथा यसको प्रचारप्रसार गरेर संसारकै मानिसलाई लाभान्वित गराऔँ भनेर प्रतिज्ञा गर्ने पावन अवसरको अन्तिम दिन आज बुद्धको मूर्तिलाई खटमा बोक्दै नगर परिक्रमा गरी विहारमा लगिएको टोखा बुद्ध विहारका भन्ते कोलिताले जानकारी दिनुभयो ।
नगर परिक्रममा सबैभन्दा अग्र पङ्तिमा टोखाका विभिन्न स्कुलहरू , बुद्ध भजन टोली, त्यसपछि बुद्ध प्रतिमा, स्थानीय लोकबाजा, लोक धुन, भिक्षु , स्कुलका शिक्षक तथा शिक्षिका र सर्वसाधारण ( बौद्ध झण्डा,बुद्ध उपदेशहरुसहित ) को लामावद्ध करिब ८ सय जनाको उपस्थिति रहेको थियो ।
नगर परिक्रमापश्चात् टोखा विहारमा पुगी बुद्ध प्रसाद ग्रहण, त्यसपछि रथसहित भन्ते कोलिताले बुद्ध जयत्नीको महत्वबारे प्रवचन दिई प्रकाश पारी आउँदो वर्ष पनि भव्य तथा हर्षोउल्लासकापूर्वक मनाउने जानकारी गराएपछि समारोह सम्पन्न भएको छ ।