
काठमाडौं /प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर ६ दिने औपचारिक भ्रमणका लागि शनिबार बिहान बङ्गलादेश प्रस्थान गरेकी छन्।
उनले बंगलादेशको राजधानी ढाकामा आयोजना हुने ‘पत्रकार महिलाको सम्मेलन’ मा सहभागिता बताइएको छ।
इनिसिएटिभ्स अफ मिडिया वुमन नेपालको आयोजनामा, बंगलादेशस्थित नेपाली दूतावास र संयुक्त परिषद्सँगको सहकार्यमा आइतबार हुने कार्यक्रममा उपसभामुख राना मगरले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ।
यसैगरी प्रतिनिधिमण्डलले सम्मेलनका साथै बङ्गलादेशका उच्च अधिकारीहरूसँग भेटघाट र अनुभव आदानप्रदान गर्ने कार्यक्रम समेत रहेको बताइएको छ ।




