काठमाडौं । आज तृतीया बैशाख मासको शुक्ल पक्षको तृतीयालाई अक्षय तृतीयाको दिन् ।
आज प्रारम्भ गरिएको हरेक कार्यको अक्षय फल मिल्छ भन्ने विश्वास रहिआएको छ। वर्षको सबैभन्दा पवित्र दिन हुनाले यस दिनलाई विध्ननाशक दिन पनि भनिएको छ।
गर्मीको मौसम भएकाृले यस दिन भगवानको पूजा,दान गर्ने,सातु सर्वत खुवाउने गरिन्छ । सातु अर्थात जौ,चना,आदि गेडागुडी भुटेर तयार पारिएको पीठो । सातु खाने दिन पनि हो आज । यो वैदिक,सनातन संस्कार र वैज्ञानिक रुपले पनि महत्वको छ भने स्वास्थ्यको दृष्ट्रिले पनि राम्रो मानिन्छ । सत्य यूग र त्रेता युगको आरम्भ भएको दिनको रुपमा पनि आजको दिनलाई विश्वास गरिने गरिएको छ ।यसैदिन विवाह,गृहकार्य,नयाँ व्यापार सुरु गर्नेका लागि पनि राम्रो मानिन्छ ।
आजैको दिन शिव र पार्वतीको विवाह भएको दिनको रुपमा पूजा गर्ने चलन पनि छ ।