
काभ्रे ।उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानभन्दा माथि कोही नभएको बताएका छन् ।
काभ्रेमा स्वास्थ्य चौकी भवन उद्घाटन तथा बालमैत्री वडा घोषणा कार्यक्रममा बोल्दै उनले सबै नागरिक संविधानको परिधिभित्र रहनुपर्नेमा जोड दिए ।
उनले भने-‘संविधानको परिधिभित्र रहनु हरेक नागरिकको कर्तव्य हो।’
‘गणतान्त्रिक शासन व्यवस्था स्थापना भएपछि नागरिक अधिकार सुरक्षित भएको र विकासले गति लिएको सुनाउँदै संघीयतापछि देशभर स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा उल्लेख्य प्रगति भएको छ।’ उपप्रधामन्त्री सिंहको दावी थियो ।





