काठमाडौं।हङकङ टी-२० सिरिजको उपाधि जित्न नेपालले १७५ रनको लक्ष्य पछ्याएको छ।
आइतबार टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कुवेतले ७ विकेटको क्षतिमा १७४ रन बनायो।
हङकङमा भएको खेलमा आक्रामक सुरुवात गरेको कुवेतका लागि ओपनर रविजा सन्दरुवालने ६३ रन बनाए।
उनले ३६ बलमा ६ चौका र ४ छक्क प्रहार गरे। अर्का ओपनर क्लिन्टो अन्तोले १४ बलमा २६ रन बनाए।
यसैगरी उस्मान पटेलले १५ बलमा २३ रन र कप्तान मोहमद अस्लामले १३ रन बनाए।


