काठमाडौं । नेपाल प्रहरीका पाँच जना बरिष्ठ उपरीक्षक (एसएसपी) नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएका छन् ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त ५ पदमा डीआईजी बढुवा गरेको हो ।
यसरी बढुवा हुनेमा ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल, गोविन्द थपलिया रहेका छन् ।




