काठमाडौ । सयुक्त राष्ट्रसंघले हरेक वषृको जुन २६ लाई अन्तर्राष्ट्यि लागू पदार्थ तथा अबैध तस्करी विरुद्धको दिवसको रुपमा मनाउँदै आइरहेको छ ।
विश्वमा विकराल बन्दै गएको लागू पदार्थ दुव्र्यसनीको शिकार प्राय युवाहरु छन् । यति मात्र होइन थोरै समयमा धेरै आम्दानी गर्ने बहानामा अबैध तस्करी समेत हुने गरेको छ । नेपाल पनि यो समस्याबाट अछुतो छैन् । तसर्थ यसमा सरकार,नागरिक समाज सबैको चासो र चिन्ता हुनुपर्दछ ।
यसै सन्दर्भमा गृह मन्त्रालय अन्तर्गत लागु औषध नियन्त्रण शाखा मूल आयोजक समितिले विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै छ । समितिले आज बिहान काठमाडौँमा प्रभात फेरी कार्यक्रम सम्पन्न गरेको छ ।