
काठमाडौं । फिफा वरियतामा नेपाल पुरुष फुटबल टिम १७५औं स्थानमै यथावत रहेको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपालको वरियता यथावत रहेको हो ।
दक्षिण एसियामा भारत र माल्दिभ्सपछि नेपाल तेस्रो स्थानमा छ । भारत १२७औं र माल्दिभ्स १६४औं स्थानमा झरेको छ । भारत एक र माल्दिभ्स दुई स्थान तल झरेको हो ।
नेपालभन्दा पछि रहेको भुटान १८२औं स्थानमा यथावत छ भने बंगलादेश दुई स्थान सुधार गर्दै १८३औं स्थानमा उक्लेको छ । पाकिस्तान १९८औं र श्रीलंका २००औं स्थानमा रहेको फिफाद्धारा जारी नयाँ वरियताक्रममा जनाइएको छ ।





