
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार थाइल्याण्ड जाँदैछन्।
थाइल्याण्डमा हुने बिमस्टेक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल मंगलबार त्यसतर्फ प्रस्थान गर्न लागेको हो।
थाइल्याण्डमा नेपालका प्रधानमन्त्रीबाट हुन लागेको यो पहिलो औपचारिक भ्रमण हो।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको र थाइल्याण्डका नरेश र समकक्षीसँग भेटवार्ता हुने बताइएको छ ।
पर्यटन र संस्कृतिका सन्दर्भमा दुई समझदारीपत्रमा हस्ताक्षर हुनेछ।
दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ समझदारी पत्रमा हस्ताक्षर हुनेछ।
।





