
काठमाडौं ।सरकारले सोमबारसाँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेपछि ई खबरनेट सँगको कुराकानीमा कुलमान घिसिङले बर्खास्तीको चिठी पाएपछि अदालत जाने बताएका छन ।
“मैले पत्र पाएको छैन, पत्र पाएपछि अदालत जान्छु र त्यसपछि सबै कुरा भन्छु,” घिसिङले भने ।
सोमबार नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त गरेको हो ।
कुलमानलाई हटाउने सरकारको निर्णयको चौतर्फी विरोध हुँदै आएको छ ।
सरकारमा रहेका दलका नेताहरूले नै विरोध गरिरहेका छन् ।



