
काठमाडौं । पाकिस्तानी सेनाले तीन सयजनालाई उद्धार गरेको छ । बलुचिस्तान प्रान्तमा यात्रुवाहक रेलमा भएको आतंकवादी आक्रमणपछि बन्धक बनाइएका तीन सयजनालाई उद्धार गरेको पाकिस्तानी सेनाले बताएको छ ।
बीबीसीका अनुसार अधिकारीहरूले रेलमा सवारमध्ये सय सुरक्षाकर्मी रहेको जनाएको छ । सैनिक प्रवक्ताले सैन्य कारबाहीमा ३३ जना अतिवादी मारिएको बताएका छन् ।
उनका अनुसार सैन्य कारबाही सुरु हुनुभन्दा पहिले बलुचिस्तान लिबरेशन आर्मीले २१ सर्वसाधारण र चार सैनिकलाई गोली हानी मारेको थियो ।






