काठमाडौं । कास्कीको मादी केन्द्रबिन्दु भएर भुकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाए अनुसार मङ्गलबार बिहान ४.११ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको छ।
भूकम्पको धक्का पोखरासहित पश्चिम नेपालका विभिन्न जिल्लामा महशुस गरिएको छ ।








