
काठमाडौं।सर्बियाको संसदमा विपक्षी सांसदहरूले संसदभित्र धुँवा निस्किने स्मोक ग्रिनेड प्रहार गरेपछि कोलाहल मच्चिएको छ ।
संसद् बैठक चलिरहेको बेला विपक्षी सांसदहरूले धुवाँ निस्कने ग्रिनेट प्रहार गरेका बीबीसीले जनाएको छ ।
विपक्षीहरूले देशमा विद्यार्थीहरूले गरिरहेको विरोध प्रदर्शनको समर्थन गर्दै सरकारको विरोध गरेका थिए । विपक्षीहरूले विद्यार्थीहरूको आन्दोलनमा समर्थन गर्न खोज्दा संसद् भवनभित्रका सुरक्षाकर्मीसँग झडप भएको हो ।
सो प्रहारबाट एकजना गम्भिर घाइते भएको पनि जनाइएको छ ।




