
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपुल र टोटनहम विजयी भएका छन्।
गएराति भएको खेलमा लिभरपुलले वूल्भ्स्सलाई र टोटनहमले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको हो।
एन्फिल्डमा वूल्भ्सविरूद्ध २-१ गोलले लिभरपुल विजयी हुँदा लुइस डियाज र मोहम्मद सालाहले गोल गरे।
१५ मिनेटमा डियाजले सुरूवाती अग्रता दिलाएपछि ३७ मिनेटमा सालाहले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर पारे।
वूल्भ्सका म्याथ्युज कुन्हाले ६७ मिनेटमा गोल गरेका थिए।
१३ मिनेटमा जेम्स म्याडिसनले गरेको गोल निर्णायक बनेपछि टोटनहम विजयी बनेको थियो।
२५ खेल सकिँदा अंक तालिकामा लिभरपुल ६० अंकसहित शिर्ष स्थानमा छ ।




