
काठमाडौं ।बबरमहलको सडकमा रहेको पानीको पाइप फुटेर बगेको पानी सरकारी भवन परिसरहरूसम्म पुगेपछि उद्धार टोली घटनास्थल पुगेको छ।
टोलीले पाइप मर्मत गरिरहँदा त्यसवरपरको जनजीवन सामान्य बन्दै गएको छ भने रोकिएका सवारी साधन पनि चल्न थालेका छन्।पाइप फुटेर केही बेर सडकमा यातायात पनि अवरुद्ध भएको थियो। पानी जमेर त्यहाँ रहेका सवारी साधनहरू डुबेका थिए भने त्यहाँ अवतजावतमा पनि समस्या भएको थियो।
शेष अदालतलगायत सरकारी भवन जलमग्न भएका थिए।



