
धुलिखेल,काभ्रे । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितिको कार्यमूलक बैठक सोमबारदेखि धुलिखेलमा सुरु भएको छ ।
दुई दिनसम्म चल्ने बैठकमा महासंघको तीन वर्षे रणनीतिक कार्ययोजना निर्माण हुनेछ । धुलिखेल लज रिसोर्टमा आयोजित बैठकमा महासंघमा निर्वाचित कार्य समितिका सबै पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको छ ।
काभ्रे शाखाको आतिथ्यतामा उक्त बैठक आयोजना भएको हो ।
अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा आयोजित बैठकमा महासचिव रामप्रसाद दाहालले बैठकका एजेन्डाहरु प्रस्तुत गरेका थिए । उपाध्यक्षहरु, सचिवहरु, कोषाध्यक्ष तथा सदस्यहरुको सहभागिता रहेको उक्त बैठकमा जिल्ला शाखा अध्यक्ष विनोद न्यौपानेले स्वागत गरेका थिए ।






