
बनेपा,काभ्रे । प्रेस चौतारी नेपाल काभ्रे शाखाको आठौं जिल्ला अधिबेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।
प्रेस चौतारी काभ्रेको अध्यक्षमा केदार तिमल्सिना सर्वसम्मत निर्वाचित भएका छन् ।

उपाध्यक्षमा सन्तोष चौंलागाँई, महिला उपाध्यक्षमा सविता न्यौपाने, सचिवमा विकास तिमल्सिना, सह–सचिवमा रञ्जित बोहोरा र बुद्धकुमार श्रेष्ठ निर्वाचित भएका छन् भने कोषाध्यक्षमा मणीराम दाहाल निर्वाचित भएका छन् । सदस्यमा अमिता शाह ठकुरी, बालकृष्ण बजगाँई, नवराज ढकाल, लोकबहादुर थापा, अमित न्यौपाने, सिर्जना सापकोटा र जयराज बजगाँई निर्वाचित भएका छन् ।
धिबेशनको उद्घाटन नेकपा एमालेका पोलिट्ब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटाले गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले सञ्चार क्षेत्रले समाजको रुपान्तरणमा ठुलो भूमिका खेलेको बताए । बास्कोटाले स्वतन्त्र प्रेस मर्यादाभित्र हुनुपर्नेमा पनि जोड दिएका थिए ।
कार्यक्रममा प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कारबाट भुवन रायमाझी र टिपी शर्मा युवा पत्रकारिता पुरस्कारबाट जगतमान बललाई पुरस्कृत गरिएको थियो ।






