
काठमाडौं । गृह मन्त्रालयले काठमाडौंसहितका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको सरूवा गरेको छ ।
काठमाडौंका सिडिओ जयनारायण आचार्य गृह मन्त्रायमा तानिए ।
चार महिनामै उनको सरूवा भएको छ। उनको स्थानामा गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारी आएका छन्।
मोरङका सिडिओ प्रेमप्रसाद भट्टराईको गृह मन्त्रालय अन्तर्गत रहने गरी सरूवा भएका छन्। मोरङको सिडिओमा इन्द्रदेव यादवको सरूवा भएको छ।
त्यस्तै, कैलालीका सिडिओ धर्मेन्द्र कुमार मिश्रलाई सुनसरी र सुनसरीका सिडिओ रामचन्द्र तिवारीलाई गृह मन्त्रालय तानिएको छ। कैलालीको सिडिओमा गृह मन्त्रालयका सहसचिव गोगनबहादुर हमालको सरूवा भएको छ।
दाङका सिडिओ शावित्रा पुनलाई सल्यान र सल्यानका सिडिओ शम्भुप्रसाद रेग्मीलाई गृह मन्त्रालय वा अन्तर्गत रहनेगरी सरूवा गरिएको छ।
त्यसैगरी झापाका सिडिओ बन्धुप्रसाद बास्तोलालाई पनि गृह मन्त्रालय वा अन्तर्गत रहनेगरी सरूवा गरिएको छ भने उनको स्थानमा सर्लाहीका सिडिओ गोपालकुमार अधिकारीलाई सरूवा गरिएको छ ।






