काठमाडौं ।।गोरियन पात्रोअनुसार बुधबार नयाँ वर्ष इस्वी संवत् २०२५ शुरु भएको छ।
जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ। पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ।
यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन्। केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ।







