काठमाडौं ।मोजाम्बिकमा चुनावी परिणामको विरूद्ध चलिरहेको हिंसात्मक प्रदर्शनको फाइदा उठाउँदै १ हजार ५ सयभन्दा बढी कैदी जेलबाट भागेका छन्।
गत अक्टोबरमा भएको अफ्रिकी मुलुक मोजाम्बिकमा राष्ट्रपति चुनावमा धाँधली भएको भन्दै त्यहाँ हिंसात्मक प्रदर्शन सुरू भएको थियो।
सोमबार त्यहाँको सर्वोच्च अदालतले सन् १९७५ देखि सत्ताको नेतृत्वमा रहेको फ्रिलिमो पार्टीले राष्ट्रपतिको चुनाव जितेको फैसला गरेपछि प्रदर्शन थप चर्किएको थियो।
प्रदर्शन चर्किएसँगै त्यसको फाइदा उठाएर १५०० भन्दा बढी कैदीबन्दी जेल तोडेर भागेको त्यहाँका प्रहरी प्रमुख बर्नार्डिनो राफायलले पत्रकार सम्मेलनमा बताएका छन्।
भागेका मध्ये करिब १५० जना कैदीबन्दीलाई पुनः पक्राउ गरिएको उनले बताएका छन्।