
बनेपा,काभ्रे ।पत्रकार महासंघ काभ्रेको अध्यक्षमा विनोद कुमार न्यौपाने निर्वाचित भएका छन् ।
पत्रकार महासंघ काभ्रेको नयाँ नेतृत्व चयनका लागि आज मनोनयन दर्ताको कार्यतालिका थियो । निर्वाचन समितिले तोकेको समयमा अध्यक्षका लागि न्यौपानेको मात्रै उम्मेदवारी परेको छ । उनी पत्रकार महासंघ काभ्रेका निवर्तमान उपाध्यक्ष हुन् । पत्रकार महासंघ काभ्रेको कार्यसमितिमा ४ जना, प्रदेश परिषद् सदस्यमा ६ जना र केन्द्रिय परिषद् सदस्यमा २ जना सहित १२ जना निर्बिरोध निर्वाचित भएका हुन् ।
यसैगरी उपाध्यक्ष ९महिला० मा सम्झना गौतम, महिला सदस्यमा सविता न्यौपाने र आदीवासी जनजाती सदस्यमा चमारसिं लामा निर्वाचित भएका छन् । प्रदेश परिषद सदस्यमा भरत अधिकारी, राज्यलक्ष्मी श्रेष्ठ, जानुका खदाल, प्रशान्त श्रेष्ठ, शुकदेव थपलिया र रामहरी श्रेष्ठ निर्वाचित भएका छन् ।
केन्द्रिय परिषद सदस्यका लागि महिला तर्फ सम्झना हुमागाँई र समावेशीमा रामचन्द्र दनुवार निर्विरोध भएका छन् ।
उपाध्यक्षमा प्रेस युनियन र प्रेस चौताारीेको साझा उम्मेदवार कपिल कोइराला र प्रेस सेन्टरबाट रामकृष्ण बन्जाराको उम्मेदवारी परेको छ । यस्तै सचिवमा प्रेस युनियनबाट शुभराज अधिकारी र नगेन्द्र अधिकारीको उम्मेदवारी परेको छ । सह–सचिव (समावेशी)मा प्रेस युनियन र प्रेस चौतारीको साझा उम्मेदवार निरञ्जुल कायस्थ र प्रेस सेन्टरबाट सुरज श्रेष्ठको उम्मेदवारी परेको छ । सह–सचिव (खुल्ला)तर्फ एक पदका लागि प्रेस युनियन र प्रेस चौचारीको साझा उम्मेदवार देवराज केसी रप्रेस सेन्टरका रोजन तामाङको उम्मेदवारी दर्ता भएको छ ।
कोषाध्यक्षमा केशवराज पौडेल र शिखर चिमौरीयाको उमेदवारी परेको छ ।
सदस्यमा मोहन कृष्ण तिमल्सिना, पुरुषोत्तम ढकाल, ज्ञानमणी नेपाल, प्रकाश दाहाल, शिव प्रसाद पन्त, रन्जित बोहरा, विकास तिमल्सिना, शरणप्रसाद हुमागाँई र रोशन तिमल्सिनाले उम्मेदवारी दिएका छन् । यस्तै केन्द्रिय परिषद सदस्यका लागि महिला, समावेशी र खुल्ला १÷१ जना चाहिनेमा ६ जनाले उम्मेदवारी दिएका छन् ।यसरी सदस्यमा ४ सिटका लागि ९ जनाको उम्मेदवारी परेको छ ।







