काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्रीको कामै सरकार ढल्दैन भन्ने भाषण गरेको बताएका छन् ।
पार्टीको ११औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित सभामा चन्दले ‘यो सरकार पनि के हुन्छ भन्ने निश्चित छैन भन्ने सुनिरहन्छौं । सरकारले कहिले काम गर्ने हो ?’ चन्दले भने, ‘प्रचण्ड कमरेड प्रधानमन्त्री हुँदा पनि दिनदिनै उहाँको कुरा के थियो सरकार ढल्दैन है ढल्दैन भनेर भाषण गर्ने ।’‘आजकाल केपीजी प्रधानमन्त्री हुनुभएको, केपीजीको पनि कामै के छ भने यो सरकार ढल्दैन’। चन्दले भने । प्रधानमन्त्रीको भाषण सुनेर जनतालाई पनि यो सरकार जतिखेर पनि ढल्न सक्ने लागेको उनले बताए ।
हरेक सरकार ढल्दा विदेशीले डालेको भन्ने आरोप लाग्ने विषयले सदैव आफुलाई चिन्ता लाग्ने गरेको पनि उनले बताए ।
उनले यो सरकार पनि कति चल्छ भन्ने अनिश्चित रहेको बताए ।