
काठमाडौँ। सूचना प्रविधि सम्बन्धी परामर्शदाता कम्पनी, जेनेस सलुशन, तथाकागेश्वरी मनोहरा नगरपालिकावडा नं ६ को संयुक्तप्रयासमा ‘जेनेस टेक्नोलोजी एण्ड एक्सिलेन्स सेन्टर (जीटेक)’ स्थापना गरिएको छ।
स्थानीय युवाहरुलाई उच्चस्तरीय प्राविधिकतालिम, अनुभवजन्य सिकाइ र पेशागत विकासद्वारा सशक्त बनाउने उद्देश्यले उक्त केन्द्रको स्थापना गरिएको जेनेस सलुशनले जनाएको छ।
गत शनिबार काठमाडौँको मूलपानीमा आयोजित समारोहलाई सम्बोधनगर्दै कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले युवाहरुमा रोजगारमूलक सीप सिकाउन गरिएको यो प्रयास निकै सह्राहनीयभएको बताए। उनले ठूलो संख्यामायुवाहरु विदेश गै रहेका बेलाउनीहरुलाई सीप सिकेर स्वदेशमै रोजगारीको अवसर प्रदान गर्ने अभियानथालेकोमा जेनेस सलुशनलाई हार्दिक धन्यवाददिए। उनले जीटेकसंग नगरपालिकाले सहकार्य गर्ने र सक्दो सहयोग गर्ने प्रतिबद्धतापनिव्यक्त गरे।
कागेश्वरी मनोहरा नगरपालिकावडा नं ६ का वडाअध्यक्षप्रकाशफुयालले आफ्नै समुदायमा बसेर संसारमा विकास भै रहेको अत्याधुनिकप्रविधिसिक्ने सिकाउने अवसर प्रदान गरेकोमा जेनेस सलुशनलाई हार्दिक धन्यवाददिए। उनले अहिलेकायुवाहरुले विभिन्नडिग्रीहासिल गरे पनि रोजगारी पाउननसकेको बताउंदै उनीहरुको सीपलाई रोजगारीसंग जोड्न आवश्यकभएको बताए। उनले जेनेस सलुशनसंग सहकार्य गर्न पाउँदाआफुहरु निकै खुसीभएको पनिजनाए।
“ जेनेस टेक्नोलोजीएण्डएक्सिलेन्स सेन्टर (जीटेक) को स्थापना जेनेस सलुशन र कागेश्वरी मनोहरा वार्ड नं. ६ बीच समुदाय सशक्तिकरणको प्रतिबद्धताहो। यस सहकार्यले स्थानीय अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्ने, युवाहरुमा सीप विकास गर्ने र नवप्रवर्तनको संस्कारलाई प्रोत्साहन गर्नेछ। जीटेकले केवलतालिम केन्द्र मात्रनभएर अवसर, समावेशिता, र उत्कृष्टताको केन्द्रका रूपमापनिकाम गर्ने छ,“ जेनेस सलुशनकाप्रमुखकार्यकारी अधिकृत अञ्जनीफुयालले भन्नु भयो। ।
जीटेकले आर्टिफिसियलइन्टेलिजेन्स, क्लाउडकम्प्युटिङ, डेटा एनालिटिक्स जस्ताआधारभूततथाआधुनिकप्रविधिहरू समेटेको पाठ्यक्रमप्रदान गर्ने र यसबाट सहभागीहरूलाई रोजगार वृद्धि गर्नका लागिआवश्यक सीप प्राप्तहुने फुयालले जनाउनु भयो ।
सोहीअवसरमा महिलाहरूलाई प्रविधिमाप्रोत्साहन गर्नुका साथै प्रविधिमा सफलहुनवातावरणबनाउन’गर्ल्स इन टेक’ समूहपनि स्थापना गरिएको छ।
स्थानीय स्टार्टअपहरुलाई सहयोग पु¥याउन केन्द्रले एक नवप्रवर्तनात्मक इनक्यूबेटर स्थापना गर्नेछ जहाँ इच्छुक उद्यमीहरूलाई मार्गदर्शन, स्रोतसाधन र नेटवर्किङ प्रदान गरिनेछ। त्यस्तै नियमित समुदायकार्यक्रममाप्राविधिकछलफल र कार्यशालाहरू आयोजना गरी प्रविधिमा चासो बढाउने र सहभागीहरूको ज्ञानको विस्तार गरिने पनिजनाइएको छ।
केन्द्रले प्रविधि सीप बूटक्याम्पमार्फत आधिकारिक प्रमाणपत्र समेत प्रदान गर्ने गरी वेब विकास, डेटा साइन्स, एआई र साइबर सुरक्षा जस्ता छोटो अवधिका कोर्सहरू संचालन गर्ने छ।
अहिले सम्म केन्द्रमा कागेश्वरी मनोहरा नगरपालिकाका झन्डै ७० जना युवाहरु आबद्ध भै सकेको जेनेस सलुशनले जनाएको छ।





