ललितपूर । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रम शेरबहादुर देउवाद्धारा गत असोजमा आएको बाढीपहिरोमा परि ज्यान गुमाउनेहरुको परिवारहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।
देउवाले बाढी पहिरोमा परेर मृत्यु भएकाहरूको परिवारका सदस्यहरूलाई जनही २५ हजार रुपैयाँका दरले राहत रकम हस्तान्तरण गरेका हुन् ।
ललितपुर जिल्ला कांग्रसले असोज १० देखि १२ गतेसम्म परेको वर्षाका कारण ललितपुरमा मृत्यु भएकाहरूलाई नगद सहयोग गरेको हो । मंगलबार जिल्ला कार्यसमितिले गोदावरी नगरपालिका वडा नम्बर १० टाहाखेलमा कार्यक्रम गरेर बाढी पहिरोमा परेर मृत्यु भएकाको परिवारलाई सहयोग उपलब्ध गराएको हो ।