
काठमाडौं । यो सन् २०२४ जनवरीयता देशभर डेंगी संक्रमितको संख्या २७ हजार नाघेको छ ।
जनवरीदेखि २५ अक्टोबरसम्म २७ हजार १५३ जनामा डेंगी संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।
यो अवधिमा संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । अक्टोबरका २५ दिनमा मात्रै आठ हजार ६०८ जना संक्रमित थपिएका छन् ।
यी संक्रमित मध्ये काठमाडौंमा चार हजार ६० जनामा संक्रमण पुष्टि भएको छ ।








