पनौती,काभ्रे । गैर आवासीय नेपाली सँघ(एनआरएन)ले पनौती नगरपालिकाका बाढीपहिरो पिडीत वडा नं.१,२,३ र १२ मा राहात सामाग्री वितरण गरयो ।
पूर्व मन्त्री तथा माननीय गोकुल बास्कोटाको पहल र समन्वयमा गैर आबासीय नेपाली संघले उक्त ्क्षेत्रमा राहत वितरण गरेको छ ।
राहत वितरणमा सहभागी हुँदै ‘विपत्ती कुने दल विशेष नआउने र यस्तो कठिन परिस्थितिमा कुनै दलले झण्डा बोकेर फण्डा खडा गर्नु नहुने’ मा बास्कोटाले जोड दिएका थिए । “सबै मिलेर नागरिकहरुलाई परेको पीडामा मल्हम लगाउँ । राजनीति पछि गर्दै गरौला ।” भने ।

राहत वितरणको क्रममा वडा नं.१को राहत वितरण कार्यक्रममा पूर्व पनौती नगरप्रमुख भीम न्यौपाने,एमाले नगर अध्यक्ष शुरेस हुमागा्ई,वडा अध्यक्ष जय लामा,एमाले नेता रामचन्द्र सापकोटा लगायतको उपस्थिति थियो ।
पनौती नगरपालिका, वडा नं १,२,३,का १ सय ७८ घरपरिवारलाई राहत वितरण गरिएको थियो ।

वडा नं १२ का २ सय परिवारलाई अन्य अत्यावश्यक राहत सामाग्रीहरु उपलब्ध गराइएको थियो ।
राहत वितरण कार्यक्रममा एनआरएनका प्रतिनिधि डा.बद्रि के.सी.,पूर्व प्रदेश मन्त्री बसुन्धरा हुमागाई,वडा अध्यक्ष जयराम केसी,पूर्व वडा अध्यक्ष इश्वर जंगम आदि उपस्थित थिए ।
यसैगरी वडा नं ११ मा माननीय गोकुल बास्कोटाकै समन्वयमा नेपाल इन्भेष्टमेन्ट बैकका तर्फबाट ३ सय ७३ पिडित परिवारलाई राहत सामाग्री उपलब्ध गराइएको थियो ।
बेथानचोकको वडा नं.२ र ३ मा १ सय ५ परिबारलाई राहत सामाग्री उपलब्ध गराइएको थियो ।
यसैगरी मण्डन देउपुरका १०,११ र १२ वडामा पनि ५३ घर परिवारमा राहात सामाग्री वितरण भएको छ । पहिलो चरणमा बास्कोटाले पनौती,बेथानचोक,मण्डनदेउपुर लगायतका पालिकाको लागि समन्वय गरेपनि दोश्रो चरणमा भुम्लु मण्डनका केही क्षेत्र तथा बेथानचोक ४ को लागि आवश्यक राहतमा पहल र समन्वय गरिरहेका छन् ।
यसैगरी सेभ द चिल्ड्रेन नेपाल र नाँगसाल एसोसिएसन ले पनौती नगरपालिका वडा नं १ मा ५२ घरधुरीलाई राहत सामाग्री वितरण गरिसकेको छ भने अन्य ४८ को लागि सामाग्री आइसकेको जनाइएको छ ।
