मनसुन सक्रिय हुनुभन्दा अगाडि नै जल तथा मौसम विज्ञान विभागले ५६ जिल्ला उच्च जोखिमको सूचीमा रहेको भन्दै सावधानी अपनाउन भनेको थियो ।
काठमाण्डाै | पहिरो खस्दा नौबिसे–काठमाण्डौ सडक अवरुद्ध भएको छ । धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि अहिले सडक दुईतर्फी नै अवरुद्ध छ ।
पानी निरन्तर परिरहेको लेदोका कारण पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । स्थानीय निकाय र सडक विभागसंग समन्वय गरेर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
बाटो बन्द हुँदा सवारी साधन र तिनमा सवार यात्रु बीच बाटोमै रोकिएका छन् ।