काठमाडौ ।आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत क्यानडासँगको खेलमा नेपाल पराजित भएको छ।
मंगबलार विहान क्यानडाको किंग सिटीमा सकिएको खेलमा नेपालले क्यानडासँग १०३ रनको हार बेहोरेको हो।
एकदिवसीय खेलमा नेपालले क्यानडासँग हारेको यो पहिलो पटक हो।
क्यानडाले दिएको २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०।१ ओभरमा १५० रनमै अलआउट भयो।
नेपालका लागि करण केसीले सर्वाधिक २७ रन जोडे। उनले २४ बलमा २ चौका र २ छक्का प्रहार गरे। सन्दीप लामिछानेले २२ रन जोड्दा गुल्सन झाले १५ रन बनाए। १० बल खेलेका ओपनर कुशल भुर्तेल १ रनमै आउट भए । आसिफ शेखले २० रन बनाए भने भीम सार्की १८ रन, कप्तान रोहित पौडैल ५ रन, कुशल मल्ल १२ रन, दीपेन्द्रसिंह ऐरी ८ रन र सोमपाल कामी ६ रनमा आउट भए।
बलिङमा क्यानडाका हेलिगरले ५ विकेट लिए। उनले १० ओभरनमा ३१ रन खर्चिए। अखिल कुमार र अंश पटेलले २(२ विकेट लिन सफल भए।
त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको क्यानडाले ८ विकेटको क्षतिमा २५३ रन जोड्यो।
यो सिरिजमा अब नेपालले दोस्रो खेलमा भोलि राति ओमानसँग खेल्नेछ। अंक तालिकामा नेपाल सेकेण्ड लास्ट स्थानमा छ ।