खोटाङ । साहित्यकार डा. पुरण राईलार्ई खोटाङमा सम्मान गरिएको छ ।
उनी पढेको श्री चम्पावती माध्यमिक विद्यालय, बुइपा खोटाङको ६९ औँ वार्षिक उत्सवका अवसरमा डा .राईलाई सम्मान गरिएको हो । उनलाई कार्यक्रमका सभाध्यक्ष देवविक्रम राई तथा प्रमुख अतिथि दिनेश राई र प्रधानाध्यपक खगेन्द्र राईले सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका छन् । सोही अवसरमा डा.राईको विद्यावारिधिका शोधपत्र डा.राईकी आमा मौलशोभा राईले प्रधानाध्यपक खगेन्द्र राईलाई हस्तान्तरण गरिन् भने डा.राईले आप्ना एक साथ प्रकाशित ५ पुस्तकहरु कार्यक्रमका सभाध्यक्ष देवविक्रम राईलाई हस्तान्तरण गरे ।
सम्मानित डा. पुरण राईले आप्नो मन्तव्य राख्ने क्रममा ८८४८। रुपैयाँको मुगासेर मौलशोभा उत्कृष्ट छोरी पुरस्कार पनि घोषणा गरेका छन् । पुरस्कारको नामाकरण स्वर्गीय आपा मुगासेर र मौलशोभा राईका नामबाट गरिएको तथा पुरस्कारको स्थापना आपा र आमाको सम्मान र सम्झनामा गरिएको र उक्त पुरस्कार एसईईमा उत्कृष्ट हुने छोरीलाई समर्पण गरिने भन्दै डा. राईले घोषणा गरेका हुन् । प्रत्येक वर्ष प्रदान गरिने यस पुरस्कारका लागि ३ वर्षभित्र एक लाख रुपैया बढीको अक्षय कोष निर्माण गरिने भन्दै डा.राईले घोषणाकै क्रममा अक्षय कोषका लागि ३३,६६६/ रुपैयाँ नगदसहित मुगासेर मौलशोभा उत्कृष्ट छोरी पुरस्कार घोषणा, प्रतिबद्धता तथा हस्तान्तरण पत्र विद्यालयका प्रधानाध्यपक खगेन्द्र राईलाई हस्तान्तरण गरे ।