
काठमाडौं । यशस्वी प्रज्ञा–प्रतिष्ठानले विभिन्न विधामा ‘यशस्वी पुस्तक पुरस्कार’का निम्ति पाँच पुस्तक छनोट गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष रन्जना निरौलाका अनुसार यशस्वी पुस्तक पुरस्कार काव्यतर्फ कवि देवव्रतको ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’,आख्यानतर्फ मुना चौधरीको ‘लार’,गैरआख्यानतर्फ संयुक्त रूपमा मोमिलाको ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ र अरुण गुप्तोको ‘संस्कृति चिन्तन’ र अनुसन्धानतर्फ यज्ञराज उपाध्यायको‘काली–कर्णालीको लोकसाहित्य तथा संस्कृति’ र अंग्रेजी भाषातर्फ रोहिणी राणाको ‘द नेपाल कुक बुक’ छनोट गरिएको छ ।
सबै पुरस्कारजनही २० /२० हजार नगद राशीको रहेको बताइएको छ ।





