काठमाडौ ।क्याप्टेन रामेश्वर थापाको संस्मरण “इन टु द फायर” सार्वजनिक भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा लगायतले उक्त कृति सार्वजनिक गरेका हुन् ।
यो हिजोको दशबर्षे द्धन्दकालीन परिवेशमा क्याप्टेन रामेश्वर थापाले गरेका उद्धार र पुर्याएका राहात सहित शसस्त्र द्धन्दको भोगाइलाई समेटिएको कृति हो ।
शनिबार शसस्त्र प्रहरी हेडक्वाटर हलचोकमा आयोजित एक भव्य समारोहमा कृति सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले अब नेपालमा कुनेपनि किसिमको हिंसा सम्भव छैन् । कहिल्यै पनि अब हिजोको जस्तो हिंसा हुन दिइने छैन् भन्ने भावना व्यक्त गरे । शान्ति स्थापना र राजनीतिक स्थिरताको लागि क्याप्टेन रामेश्वर थापाको भुमिकाको चर्चा गर्दै उनले वर्तमान गठबन्धन पनि उनकै निबासमा हस्ताक्षर गरेर भएको जानकारी दिए । प्रधानमन्त्री ओलीले इतिहासको एक कालखण्डको पुस्तकले पुर्नसंस्मरण गराएको पनि बताए । उनले कृतिका लागि क्याप्टेन थापालाई बधाई दिंदै अझै लेख्नपनि सुझाए । हिजो द्धन्दकालमा सेनाभन्दा माथि उठेर सुरक्षाकर्मीलाई साथ दिने कार्यको पनि खुलेर प्रशंसा गरे ।
“क्याप्टेनको किताबमा त मुख्यमुख्य घटनामात्र मात्रै वर्णन गरिएको छ। घट्नाको अन्तर्यमा पस्ने वितिकै कतिलाई मन नपर्ने हुन्छ। एकबारको जिन्दगी, त्यत्रो हेलिकोप्टर, बल्दाबल्दैको अवस्थामा बाँचेर आउनुभएको छ। फागुको जिन्दगी डराउनुपुर्ने आवश्यकता नै छैन। सत्यको अवलम्बन गर्नुस्, अगाडि बढनुस्। म पनि हेलिकोप्टर दुर्घटनामा परेको हुँ। ५ हजार फिटबाट झरेको हुँ। फेरि पनि बाँचियो। फागुकै जिन्दगी हो। त्यसैले मलाई पनि कुनै डरभर छैन। ”
यसैगरी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हिजोको द्धन्दकालका भोगाई र उतारचढावहरु पुस्तकमा आएको बताउँदै क्याप्टेन थापा ओली निकट भएको चर्चा भएपनि उहाँ सबैप्रति सकारात्मक रुपमा हेर्नै ब्यक्तित्वको रुपमा उनको चित्रण गरे । उनले पनि क्याप्टेन रामेश्वर थापाको वर्तमान सत्ता गठबन्धनमा ठूलो भूमिका रहेको खुलासा गरे ।
कृतिकार क्याप्टेन थापाले आफु सर्वसाधरण किसानको छोरा भएकोले हाम्रो देश सम्पन्न होस भन्ने चाहले काम गरेको बताए । “मुलुकले १० वर्षे द्वन्द्व भोग्दा म त्यसको प्रत्यक्षदर्शी थिएँ। धेरै एम्बुस र गोलीबाट जोगिए। ती अनुभवहरू थुप्रै लेख्नु छ। विस्तारै लेख्दै जान्छु। देश द्वन्द्वमा फस्यो। कम भौतिक क्षति र मानवीय क्षति होस् भन्ने तिर मेरो ध्यान थियो। राहत र उद्दारमा देशको नागरिकको हैसियतले इमान्दारीपूर्वक काम गरे। रातभरि सुत्दैन्थ्यौं। सेना र प्रहरीका कोही पनि सुत्न पाएको हुँदैन्थ्यो। कस्तो विडम्बना लड्ने दुवैतिर आफ्नै नेपाली दाजुभाइ तथा दिदीबहिनी। देशमा द्वन्द्व चर्किंदै जाँदा हेलिकप्टर लिएर गाउँ–गाउँ पुगेँ, राहत र उद्दारमा।
त्यस क्रममा ग्रामीण बस्तीहरूका आँगनमा मान्छे नभएर खर उम्रिएका थिए। बस्तीहरू छिन्नभिन्न देखिन्थे। किताबमा करिब ७० प्रतिशत घटना मात्रै लेखिएका छन्। हामी नेपालीको हार्मोन सहज। अब हाम्रा सम्बन्धहरू बिग्रिन दिनुहुँदैन। उनले आफ्नो विचार राखे । अन्याय गर्दिन र कसैसँग शिर झुकाउँदिन। कर्मप्रति विश्वास गर्छु। देश र जनताका लागि राजनीति गर्नुपर्छ भन्ने भावनाले अवसर पाएको बेला प्रमाणित गरेर देखाएको छु। नेपाल ज्ञानभूमि, तपोभूमि र अध्यात्मिक भूमि हो। अब देशमा कोही पनि कसैको दुष्मन नहोस्।”
कार्यक्रममा वरिष्ठ पत्रकार विजय कुमार पाण्डे,राजु अधिकारी लगायतले कृतिको बारेमा चर्चा गरेका थिए ।