
कालो : रातो
हो – कालोले झुठ बोल्दैन कहिल्यै
मलाई कालो मन पर्छ,
कालोले थिचोमिचो अन्यायको विरोध
बोल्यो
हिजो र
आज –
नेपथ्यमै छ
भोलि के बोल्नेछ ?
हठात् रातो बोकेर हिंडेकाहरू
दिग्भ्रमित भए आज,
स्वाभिमानको माटोभन्दा
समानताको आधारभन्दा
विदेशी बूई चढी आएको रातोले
कथित सर्वहारा, पूंजीपतिले
गरीब निमूखाकै रगतले
रातो झण्डा पोतेका रै’छन्
नत्र गरीब झन गरीब –
नत्र सर्वहारा र पूंजीपतिहरू
धनी झन् धनी किन भइरहे
दलाली सिद्धान्तले स्वाभिमानलाई
आफै लुटेर !






