काठमाडौँ । शस्वी प्रज्ञा प्रतिष्ठानले यशस्वी पुस्तक पुरस्कार २०८१ को लागि पुस्तक आह्वान गरेको छ ।
नेपाल तथा नेपाल बाहिरका नेपाली लेखकहरूले लेखेका नेपाली तथा अङ्ग्रेजी भाषाका पुस्तकहरूको आह्वान गरिएको हो । २०८१ चैत मसान्तसम्म लेखिएका किताबहरू पुरस्कारको लागि आह्वान गरिएको छ ।
पुस्तकहरू लेखक तथा प्रकाशकहरुले यशस्वी प्रज्ञा प्रतिष्ठानको कार्यालय घट्टेकुलो, काठमाडौँमा २०८३ वैशाख १७ गते सम्म बुझाउनुपर्ने छ ।
पुरस्कृत पुस्तकको पुरस्कार २०८३ जेष्ठ २३ गते शनिबार हुने चौथो काठमाडौं कलिंग–साहित्य महोत्सवमा प्रदान गरिने यशस्वी प्रज्ञा प्रतिष्ठान अध्यक्ष रञ्जना निरौलाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
पुरस्कृत पुस्तकले बीस हजार राशीसहित सम्मान पत्र पाउनेछन् ।



