काठमाडौं । शिवपुरी साहित्य समाजले विभिन्न विधाका ६ जना स्रष्टाहरूलाई सम्मान अर्पण गर्ने निर्णय गरेको छ।
वियोगी बुढाथोकीको संयोजकत्वमा रहेको ५ सदस्यीय छनौट समितिले विभिन्न सम्मान अर्पण गर्ने निर्णय गरेको छ।
विष्णु पुष्पा साहित्यिक पत्रकारिता सम्मान-२०८२ नवराज रिजाल (नव प्रज्ञापन),शिवपुरी गजल सम्मान-२०८२ आँचल कुमार शर्मा,काठमाडौं ,गौरी कार्की स्मृति मुक्तक सम्मान- २०८२ सुशीला पौडेल,लालबन्दी,सर्लाही र नरबहादुर भारती स्रष्टा सम्मान -२०८२ वरिष्ठ कवि शैलेन्द्र साकार ,काठमाडौंलाई समर्पण गरिने भएको छ।
यसैगरी मान-शोभा प्रतिभा सम्मान- २०८२ प्रा.डा. लालमणी पाण्डे ,सितगंगा-५अर्घाखाँची, शिवपुरी विष्णु-कृष्ण स्रष्टा सम्मान-२०८२ राम सञ्जेल,काभ्रेस्थली काठमाडौंलाई समर्पण गरिने भएको छ ।
२०८२ चैत २१ गते शनिबार गुन्द्रुक ,मकै,भटमास कार्यक्रमको टोखा चण्डेश्वरी काठमाडौंमा आयोजना गरि सम्मान अर्पण गरिने समाजका महासचिव प्रकाश घायलले जानकारी दिए ।