
काठमाडौ । साहित्यमा नयाँ अभियान ‘आफू विरुद्ध आफैं’ सुरु भएको छ ।
नेपाली साहित्यमा विभिन्न विधामा क्रियाशिल स्रष्टाहरुले उक्त अभियानको थालनी गरेका हुन् ।
समकालीन लेखनका दिशा र प्रवृत्तिगत वैशिष्ट्य बारे विचार विमर्श थालनी गर्ने,विषयवस्तुमा नविनताको खोजी गर्ने र आफ्नो लेखनको सीमा र शक्तिबारे आत्मसमीक्षा गर्ने जस्ता उद्धेश्य राखी उक्त अभियान सुरु गरिएको अभियानका सदस्य एवं साहित्यकार छविरमण सिलवालले इ खवर नेटलाई बताए ।
‘अहिले साहित्यकारमाथि आत्मप्रशंसाको भोकोको आरोप लागिरहेको सन्दर्भमा त्यस्ता आरोपलाई चिर्दै आगामी दिनमा अघि जाने भन्ने हाम्रो अभियान थालनी गरिएको हो ‘ उनले भने ।
साहित्यकार नवराज रिजालको संयोजकत्वमा आरएम डंगोल,छविरमण सिलवाल,दीपक विहीन,होमशंकर बास्तोला,बोधराज काफ्ले र प्रतिरोध कार्की सदस्य रहेको पनि उनले जानकारी दिए ।
अभियान प्रारम्भ गरिएको अबसरमा कवि प्रतिरोध कार्कीको घामको पहाड कवितासंग्रहमाथि आरएम डंगोलले समीक्षा गरेका थिए । यसैगरी अभियानमा सरिक अन्य साहित्यकारहरुले पनि उक्त कृतिमाथि टिप्पणी गरेका थिए ।





