
काठमाडौं । नेपाल लेखक संघको आयोजनामा साहित्यिक बनभोज कार्यक्रम सम्पन्न भयो ।
शनिबार काठमाडौंको गोकर्णमा सम्पन्न भएको उक्त कार्यक्रममा ३५ जना कविहरुले रचना वाचन गरे ।
शहीदपार्क गोकर्ण (जगडोल) मा भएको कवि गोष्ठीमा कविहरू क्रमशः रमेश पौडेल, रन्जु दाहाल, मानन्धर अभागी, राज रजक, प्रकाश घायल रन्जना निरौंला, चैतन्य अधिकारी, प्रमोद नेपाल, पवन कुमार बुढाथोकी, प्रा.डा.गोविन्दमान सिंह कार्की, तारा सुवेदी, विजयध्वज थापा, कविता उपाध्याय, सुस्मिरा अर्याल, भुवन शिवाकोटी चौघरे, रविन्द्र आशिष शैली, तुल्सीराम पुडासैनी, सन्तोष बोहोरा, तुलसा उप्रेती, चेतनपथ माधव, डा. सिर्जना शर्मा, पार्वती अधिकारी पारू, भगवती खनाल, दुर्गाकिरण तिवारी, प्रकाश तिवारी, शिव आर्य, प्रोल्लास सिन्धुलिय, डा. निलम कार्की निहारिका, अमृता स्मृति, डा. निरज भट्टराई,डा. शशि थापा पण्डित, विसुकुमार के.सी.लगायतले आ-आफ्नो रचना सुनाएका थिए ।
वाचन गरिएको रचनामध्ये प्रा.डा. गोविन्दमानसिंह कार्कीको एकल मूल्यांकनले तुलसा उप्रेती, तुल्सीराम पुडासैनी नेपाली लेखक संघ, सिन्धुपाल्चोक शाखाबाट प्राप्त उपहार प्रदान गरिएको थियो ।
कार्यक्रममा उपस्थित सबैलाई संघका अध्यक्ष वियोगी बुढाथोकीले कार्यक्रममा स्वागत गरेका थिए भने महासचिव सोझो गाउंलेले धन्यवाद ज्ञापन गरे । कार्यक्रमको सन्चालन इन्द्र लम्सालले गरेका थिए ।







