
काठमाडौं । यस वर्षको जेबी टुहुरे स्मृति सम्मान मरोणापरान्त खुसिराम पाख्रिनलाई प्रदान गरिने भएको छ ।
जेबी टुहुरे स्मृति फाउण्डेसनको बैठकले जेबी टुहुरे स्मृति सम्मान २०८१ बाट जनवादी गायक पाख्रिनलाई सम्मान गर्ने निर्णय गरेको हो ।
ईश्वरचन्द्र ज्ञवाली संयोजकत्वको तीन सदस्यीय सिफारिस समितिले तयार पारेको अन्तिम सूचीमध्येबाट पाख्रिनको नाम चयन गरिएको फाउण्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले जानकारी दिइन् ।
